गुरुङ गण्डकी प्रदेशको पुनः मुख्यमन्त्रीमा नियुक्ती

खबर पूर्वाञ्चल, २९ बैशाख २०७८, बुधबार १८:१३

विराटनगर / नेकपा एमाले गण्डकी प्रदेशका संसदिय दलका नेता पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशमा फेरी पनि मुख्यमन्त्री नियुक्ती भएका छन् । राष्ट्रिय जनमोर्चाले दाउ खेलेपछि गुरुङ फेरी मुख्यमन्त्री नियुक्ती चएका हुन् ।

मुख्यमन्त्री दावी पेश गरेका नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमालेकै सरकार बन्ने भएको हो ।

जनमोर्चामा आएको राजनीतिक खिचलोले गुरुङलाई फाइदा भएको हो । जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले आफू तटस्थ रहेको भन्दै आफूलाई दलको नेताबाट हटाइएको कार्यलाई मान्यता नदिन पत्र पठाएपछि घटनाक्रम अर्कैतिर मोडिएको थियो । उनलाई पार्टीले दलको नेतावाट हटाउने निर्णय गरेको थियो ।

त्यस लगत्तै जनमोर्चाका अर्का सांसद खिमविक्रम शाही पनि पार्टी ह्वीप विरुद्धमा उत्रिए । उनले पनि आफू गठबन्धनमा नरहेको वक्तव्य दिएपछि कांग्रेसले वहुमत देखाउन सकेन । ठूलो दलको हैसियतले गुरुङलाई नै मुख्यमन्त्रीको सपथ ग्रहण गराउन लागिएको छ ।

सपथग्रहणका लागि गुरुङ प्रदेश प्रमुखको कार्यालयमाा पुगिसकेका छन् । संविधानको धारा १६८(३) अनुसार पृथ्वीसुब्बा गुरुङ फेरि मुख्यमन्त्री नियुक्त हुन लागेका हुन् । आज अपरान्ह ४ बजेसम्मको समय भित्र कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको पत्र लिएर पोखरेल प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५