खबर पूर्वाञ्चल


“मैले त सानो प्रयास गरेको हुँ । सरकारी सहयोग पाएको छैन । विदेशमा रहेका साथीहरूले हौसला दिए, केहीले आर्थिक साथ पनि । म त श्रम गर्ने मान्छे मात्रै हुँ”( हर्क भन्छन् ।
टिकटकको लागि हिट लोकेशन

उर्लाबारी–७ की शान्ता राई भन्छिन् “मेरो माइती जानु पर्दा अब फूलैफूलको बाटो हिँड्न पाइन्छ । मन नै हर्षित हुन्छ । हर्क दाइको योगदान अतुलनीय छ ।” डाँडाटोल–आम्बारी बजार जोड्ने यो सडकखण्ड पहिले बिजुलीका पोलमा गाई बाँध्ने, अन्न सुकाउने, गिट्टी(बालुवा थुपार्ने ठाउँ थियो । आज त्यही ठाउँ फोटोसुट, घुमफिर र भेटघाटको केन्द्र बनेको छ ।
“फूल हेर्दा मानिस रमाउँछन्, रमाईलो हुँदा गाउँ खुशी हुन्छ भन्ने लागेपछि लागिरहेँ”( हर्कको भनाइ छ। उक्त क्षेत्रमा करिब २ लाख ५० हजार रुपैयाँ व्यक्तिगत खर्च भएको उनले बताए । “महँगो फूल ल्याउन सकिएन, असारे फूल रोपें। सुरुमा केही हाँस्नेहरू थिए, तर म दृढ थिएँ”( उनी भन्छन् ।
स्थानीय रवि मादेन भन्छन् “जहाँबाट अरू डराउँछन्, त्यहीँबाट हर्क दाइले सुरुवात गर्नुभयो । उहाँको काम सच्चा समाज रूपान्तरणको उदाहरण हो ।” उनका अनुसार यो प्रयासलाई स्थानीय सरकारले संरक्षण गर्नु अहिलेको आवश्यकता हो ।
हर्कको अभियानमा साथ दिने स्थानीय सरकारको प्रतिवद्धता छ । उर्लाबारी–९ का वडाध्यक्ष नरबहादुर मोक्तान भन्छन्( “थेबे जस्तो नागरिक टोलका लागि प्रेरणा बन्नुभएको छ । उहाँको कामलाई संस्थागत बनाउन वडा कार्यालयबाट आवश्यक सहयोग गरिनेछ ।”उनले प्राविधिक र स्रोतसाधन सहयोगको तयारी पनि भइरहेको बताए ।