कोशी हेल्थलाई ब्याचलर नर्सिङ्ग र पब्लिक हेल्थको सम्बन्ध

खबर पूर्वाञ्चल, १३ श्रावण २०७८, बुधबार १८:१०

विराटनगर/ विराटनगरस्थित कोशी हेल्थ एण्ड साइन्स क्याम्पसले ब्याचलर नर्सिङ्ग र ब्याचलर अफ पब्लिक हेल्थ अध्यापन गर्ने सम्बन्धन पाएको छ ।

चिकित्सा शिक्षा आयोगले सीट संख्या स्वीकृति भएसँगै कोशी हेल्थ एण्ड साइन्स क्याम्पसमा चालु आर्थिक वर्षदेखि बीएन र बिपिएचको अध्यापन सुरु हुने भएको हो ।

क्याम्पसका प्रमुख विकास अधिकारीका अनुसार दुवै शैक्षिक कार्यक्रमका लागि ४०÷४० सीटको कोटा कोशी हेल्थले पाएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सबैभन्दा पुरानो कलेजले आफ्नै भवन विराटनगर–१ तीनपैनीमा अध्ययनअध्यापन गराउँदै आएको छ ।

बीएन र बिपिएचको कक्षा समेत आफ्नै भवनमा तीनपैनीमा सञ्चालन गरिने अधिकारीले जानकारी दिए । कोशी हेल्थ मोरङ सहकारी अस्पतालको भगिनी संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५