जोर्डनविरुद्ध नेपालले जितका लागि प्रतिस्पर्धा

खबर पूर्वाञ्चल, २४ जेष्ठ २०७८, सोमबार ०६:०१
फाइल तस्वीर

विराटनगर / राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले विश्वकप छनोट अन्तर्गत जोर्डनविरुद्धको खेलमा नेपालले जितका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् ।

प्रशिक्षक अब्दुल्लाहले जोर्डनविरुद्ध नेपाली टिमले जित निकाल्न हरसम्भव प्रयास गर्ने बताएका हुन् । नेपालले विश्वकप छनोट अन्तर्गत आज जोर्डनसंग प्रतिस्पर्धा गर्दैछ । पहिलो लेगको खेलमा नेपाली टिम जोर्डनसंग ३–० ले पराजित बनेको थियो । विश्वकप छनोटको तयारी स्वरुप ईराकमा मैत्रीपूर्ण फुटबल खेलपछि सबैको नजर नेपालमा छ । नेपालको फेरिएको आक्रमक फुटबललाई धेरैले प्रशंसा गरेका छन् । नयाँ प्रशिक्षक अलमुताईरी युवा टिम सहित विश्वकप छनोटको बाँकी खेल खेल्न कुवेत पुगेका छन् ।

विश्वकप छनोट अन्तर्गत नेपालले पछिल्लो खेलमा चाईनिज ताईपेसंग खेलेको थियो । अलमुताईरीको पहिलो औपचारिक प्रतियोगितामा नेपालले २–० को जित निकालेको थियो । विश्वकप छनोटको पहिलो लेगको खेलमा जोर्डनले नेपाललाई ३–० ले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. Doyam लेख्नुहुन्छ

    3 jodarn 1 nepal

तपाईको प्रतिक्रिया

*

NBC-2078
RBB-2078
Arniko
BHANU COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५