AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरसहित मोरङको ६ स्थानमा यात्रु सहायता कक्ष’ स्थापना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ आश्विन २०८०, बुधबार १७:५७
162
Shares
विराटनगर / दसैं, तिहार, छठलगायतका चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारीसाधनमाथि निगरानी बढाउने उद्देश्यले मोरङको ६ ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ ।

चाडपर्वलाई लक्षित गरेर मोरङको विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक र रंगेली समेतमा गरी ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह सुरू भएको हो ।

मोरङ ट्राफिक प्रहरीले आज एक कार्यक्रमको आयोजना गरी यात्रा सहायता कक्षको उद्घाटन गरी संचालनमा ल्याएको छ ।

चाडपर्व मनाउन मुलुकका विभिन्न स्थानबाट सार्वजनिक सवारीको प्रयोग गरेर आजतजावत गर्ने यात्रुको सुविधालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको हो ।

यात्राका क्रममा यात्रुलाई आइपर्ने सम्भावित समस्यालाई तत्काल सम्बोधन गर्ने उदेश्यका साथ ठाउँठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेर सञ्चालनमा ल्याइएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले बताए ।

यात्रुको सहजताका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी, सवारी चालक, मजदुरसँग सम्बन्धित संघ संगठन, बसपार्क व्यवस्थापन समितिलगायतका सरोकारवालासँग समन्वय गरिएको उनले बताए । उनका अनुसार चाडपर्वका बेला यात्रुसँग बढी भाडा लिने, यात्रुलाई जथाभावी तान्ने, यात्रुका सामानको सुरक्षा नगर्ने, आरक्षण सिटको कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी र कोचाकोच यात्रु राख्नेलगायतका समस्या सार्वजनिक सवारीसाधनमा देखिने गरेको छ ।

साथै, यात्रुलाई सम्मानजनक व्यवहार नगर्ने, गन्तव्यसम्म नपु¥याउने, एकभन्दा बढी यात्रुलाई एउटै सिटको टिकट काटिदिने, मापदण्डविपरीत सवारी सञ्चालन गर्ने, यात्रुलाई बिचल्ली बनाउने, अस्वस्थ्यकर खाना खान बाध्य पार्ने तथा बेचबिखन गर्ने, गैरकानुनी व्यवहार गरेर यात्रुलाई मर्कामा पार्ने गरिएको छ । यात्रुमैत्री व्यवहार गर्न सबैलाई आह्वान गरिएको बताउँदै पौडेलले यात्रुलाई असुविधा पु¥याउने खालका हर्कत गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याइने जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर