ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

श्रवणदृष्टिविहीन अपाङ्गतालाई सक्षम बनाउने कार्य सुचारु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ भाद्र २०७७, बुधबार १७:५२
477
Shares
विराटनगर / श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिले आफ्नो काम आफै गर्न सक्षम वनाउनका लागि उनीहरुलाई सिकाई कार्य सुचारु भएको छ ।

कोशी बहिरा संघ विराटनगरले आज विराटनगरमा आयोजित कार्यक्रममा मोरङ जिल्लामा तीन वर्षे परियोजना अन्तर्गत सन् २०१९ देखिको कार्य गत वर्ष जिल्लामा तीन महिला सहित ११ जनालाई विभिन्न सिकाईलगायत सेवा उपलव्ध गराइएको जानकारी दिइयो ।

श्रवणदृष्टिविहीन २० वर्ष उमेरसमूहका लागि विभिन्न सुविधा उपलव्ध गराउनुका साथै फिजियोथेरापी, घरमा दैनिक जीवनमा आवश्यक पर्ने कार्य गर्ने सम्वन्धका सिकाइ लगायतका अन्य सेवा र सुविधा रहेको परियोजनाका संयोजक प्रशान्त दुलाल बताउनु भयो ।

संघका अध्यक्ष सुनिता तिवारीले आफ्नो गाउँघर,टोल, छिमेकमा यस्ता श्रवणदृष्टिविहीन व्यक्तिहरुलाई संघलाई जानकारी गराई उनीहरुलाई जीवन उपयोगी कार्य सिक्ने अवस्था सिर्जना गर्न आग्रह गरिन् ।

संघले राष्ट्रिय वहिरा महासंघको सहयोगमा कार्य सञ्चालन गरिरहेको छ भने यस वर्ष थप १० जनालाई सेवा उपलव्ध गराउने संघका कोषाध्यक्ष जीवन दाहालले जानकारी दिए ।

विस २०६८ को जनगणना अनुसार मोरङ जिल्लामा १ सय ६ महिलासहित २ सय ५४ जना श्रवणदृष्टिविहीन अपाङ्गता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर