AArya
RUMPUM
animated ellipse animated ellipse

विप्लव’ नेतृत्वको नेकपाका सेक्सन कमाण्डर हतियारसहित पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ मंसिर २०७७, आईतवार १५:४७
504
Shares
विराटनगर / मोरङको उर्लाबारीबाट प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सेक्सन कमाण्डर पक्राउ परेका छन् । मोरङ प्रहरीले विशेष सुचनाका आधारमा मंसिर ६ गते ताप्लेजुङ फाक्ताङलुङ गाँउपालिका वडा नं २ बस्ने बर्ष ३२ को पेम्बा साङ्गे शेर्पांलाई पक्राउ गरेको हो ।

शेर्पालाई उलाबारी वडा नं–६ रमाइलो टोलका एकान्त कोइराला भन्ने एकबहादुर विश्वकर्माको घरमा रहेको अवस्थामा प्रहरीले विशेष सुचनाका आधारमा घेरा हालेर नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ । शेर्पाको साथबाट पेस्तोल, त्यसमा लगाउने म्याग्जिन, गोली, मोवाइल, उनकै नागरिक, पढ्ने पुस्तकलगायतका सामाग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउपछि हिरासतमा लिइएका शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमाण्डर भएको खुलेको छ । उनले मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखि ‘विप्लव’ समूहको गतिविधी सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ ।

शेर्पाविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाउन म्याद थप गर्ने तयारी प्रहरीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर