RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा १६ सहित प्रदेश १ मा थप ५७ जनामा संक्रमण पुष्टि, ५ जना संक्रमितको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ कार्तिक २०७८, सोमबार १८:२५
567
Shares
विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ७०८ जनाको पीसीआर परीक्षण गर्दा ५४ र २३ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९, झापामा १३, सुनसरीमा ९, उदयपुर, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १६, पथरीशनिश्चरे र सुन्दरहरैचामा ३–३, बेलबारीमा २, उर्लाबारी, सुनबर्षी, मिक्लाजुङ, केराबारी र रतुवामाईमा १–१, झापाको विर्तामोड र दमकमा ४–४, अर्जुनधारा, बुद्धशान्ति, बाहृदशी, कनकाई र कमल गाउँपालिकामा १–१, सुनसरीको इनरुवामा ३, इटहरीमा २, दुहवी, देवानगञ्ज, हरिनगर र धरानमा १–१, उदयपुरको कटारी, इलामको इलाम नगरपालिका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९ महिला र १८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र २ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर