RUMPUM
animated ellipse animated ellipse

विराटनगरबाट २२ लाखसहित तीन जना हुण्डी कारोबारी पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ जेष्ठ २०७८, बिहीबार १९:३५
3.48k
Shares
पक्राउ परेका हुण्डी कारोबारीहरु तस्वीर जिल्ला प्रहरी कार्यलय मोरङ
विराटनगर / अवैध कारोबार हुण्डीको २२ लाख ८ हजार ३ सय रूपैयाँसहित प्रहरीले हुण्डी कारोबारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर ११ रोडेशष चौकदखि हुण्डीको रकमसहित एक महिला र दुई जना पुरुषलाई मोरङ प्रहरलिे आज दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर १३ का २५ वर्षिय श्रवण साह, रंगेली नगरपालिका १ बवियाविर्ताकी २५ वर्षिय जिज्ञासा चौधरी र विराटनगर १३ झमेली चोकका ३३ वर्षिय अमृतकुमार साह सुडीलाई हुण्डीको रकम सहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । पक्राउ परेका मध्ये हुण्डी कारोबारी अमृत रहेको प्रहरीले जनाएको छ ।

रोडशेष चौकबाट प्रहरी सुरक्षा चेकजाँचको क्रममा श्रवण साहले बोकेको रातो रंगको भिर्ने झोला भित्र २१ लाख ७१ हजार ५ सय रुपैयाँ फेला परेको थियो । साहलाई पक्राउ गरेपछि प्रहरीले जिज्ञासा चौधरीको साथबाट पनि भारतीय नगद २३ हजार रुपैयाँ बरामद गरेको डिएसपी राईले बताए । साह र चौधरीलाई पक्राउ गरेपछि थप अनुसन्धानको क्रममा हुण्डी कारोबारमा संलग्न अमृतलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । प्रहरीले हुण्डी कारोबारी साहलाई उनको घरबाट नियन्त्रणमा लिएको डिएसपी राईले बताए ।

 

हुण्डी कारोबारी साहको घरबाट प्रहरीले नगद भौचार, डिपोजिट रसिद समेत फेला पारेको छ । कारोबारी साहले २०७७ चैत्र महिनादेखि हुण्डी कारोवार ह्वाटसप माफर्त विभिन्न बैकको नाम खातामा रकम जम्मा गरेको पनि प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर