पूर्वाञ्चल खबर

भारतमा उत्पादित तर नेपालमा प्रतिवन्धित गरिएको माछा ल्याईएको पाईपछी ट्रकसहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै ट्रक र ट्रक चालक भारत पश्चिम वंगाल स्वरुप नगरका २४ वर्षीय मो. इमामुल गोल्दारलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी सेतु वन्धु भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाईएको छ ।
बरामद गरिएको माछा पशु पंक्षी तथा मत्स्य विकास निर्देशनालयको रोहोवरमा खाडल खनि नष्ट गरिएको उक्त कार्यालयले जनाएको छ।