AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश स्तरीय भारोत्तोलन प्रतियोगिता सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ असार २०८१, बिहीबार १७:२१
27
Shares
विराटनगर / विराटनगरमा जारी कोशी प्रदेश स्तरीय प्रथम भारोत्तोलन प्रतियोगिता आज सम्पन्न भएको छ ।

कोशी खेलकुद विकास बोर्डले जिल्ला खेलकुद विकास समिति मोरङको संयोजकत्वमा विराटनगरमा पहिलो पटक भारोत्तोलन प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा ५५ केजी समूहमा मोरङका अजित राजवंशी प्रथम, ६१ केजी समूहमा झापाका चन्दन मुखिया प्रथम, ६९ केजी समूहमा उदयपुरका रिवेश अधिकारी प्रथम, ७३ केजी समूहमा मोरङका पियुष राजवंशी प्रथम, ८१ केजी समूहमा मोरङका कपिलेश्वर राजवंशी प्रथम र ८९ केजी समूहमा झापाका प्रशिद्ध भक्त राजलवट प्रथम भएका छन् ।

प्रतियोगितामा ५ वटा जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताको प्रथमले २५ सय रुपैयाँ र दोस्रोले २ हजार रुपैयाँ र तेस्रोले १ हजार ५ सय रुपैयाँ प्राप्त गरे । विजयी खेलाडीहरुलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले पुरस्कार प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर