AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

महानगरद्वारा पशुपालक कृषक समूहलाई च्याप कटर वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ जेष्ठ २०८२, शनिबार १८:३१
54
Shares
विराटनगर /विराटनगर महानगरपालिकाले पशुपालक कृषक समूहलाई च्याप कटर (कुटी काट्ने मेसिन) वितरण गरेको छ ।

कृषकहरुलाई पशु पालनतर्फ आकर्षित गर्ने उद्देश्यले ७५ प्रतिशत अनुदानमा च्याप कटर वितरण गरिएको महानगरका कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिए ।

कार्यक्रममा कार्यबाहक मेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, कृषि तथा पशुपंक्षी शाखा संयोजक हीरालाल यादवलगायतले कृषक समूहलाई च्याप कटर हस्तान्तरण गरेका थिए ।

महानगरपालिकामा दर्ता भएका पशुपालक कृषक समूहलाई २२ थान च्याप कटर हस्तान्तरण गरिएको संयोजक यादवले जानकारी गराए । एउटा च्याप कटरको ३३ हजार रुपैयाँ पर्दछ । विराटनगर ३, ४, ६, १२, १८, १९ लगायतका वडाका पशुपालक कृषक समूहले च्याप कटर प्राप्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर