RUMPUM
animated ellipse animated ellipse

दूधको आयात रोकेर कर हटाउन माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ मंसिर २०८०, शुक्रबार ०८:३६
135
Shares
विराटनगर / पाँच वर्ष अगाडिसम्म दूध उत्पादन कसरी बढाउने भन्ने बहस हुने कोशी प्रदेशमा अहिले विदेश निर्यातको प्रयास भइरहेको समाचार आजको हाम्रोमत दैनिकले छापेको छ ।

प्रदेश सरकारले दूधजन्य वस्तुको निर्यातमा अनुदान दिन भन्दै ४ करोड बजेट नै छुुट्याएको छ ।

नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन कोशीको आयोजनामा बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा पनि दूधको निर्यात र बजार व्यवस्थापनबारे छलफल भयो । दुध उत्पादक, संकलन र उद्योगीहरु तथा सरकारी निकायका प्रतिनिधि सहभागी कार्यक्रममा व्यवसायीहरुले भारतबाट अझै पनि अवैध तरिकाले पाउडर दूध आइरहेकोले स्वदेशी दूधको खपत बढाउन लागत खर्च घटाउनुपर्नेमा जोड दिए ।

नेपालमा भारतभन्दा दूधको मूल्य महंगो रहेकोले आयात भएको उद्योगीको दाबी थियो । उनीहरुले डेरी उद्योगलाई विद्युत् महसुलमा छुट दिनुपर्ने, दानाको मूल्य नियन्त्रण गर्नुपर्ने, दुग्धजन्य वस्तु आयातमा कर लगाउनुपर्ने र आन्तरिक उत्पादानमा लगाएको १३ प्रतिशत कर घटाउनुपर्ने माग गरे ।

सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध सहकारी संस्थाका अध्यक्ष यादव ढकालले काठमाडौंका गोदाममा भारतबाट आयातित २० हजार बोरा पाउडर दूध रहेको भन्दै त्यसको मूल्य २५० रुपैयाँ प्रतिकिलो रहेको जानकारी दिए । नेपालभन्दा प्रतिकेजी २ सय रुपैयाँ सस्तो रहेकोले चोरी पैठारी तथा नाम परिवर्तन गरेर भन्सारबाटै दूधको पाउडर आउने गरेको उनको भनाइ छ ।

दूधजन्य परिकार आउन नदिने व्यवस्था गर्न ढकालले माग गरे । उनले दूधजन्य वस्तुमा लगाएको १३ प्रतिशत भ्याट पनि हटाउन माग गरे । ‘गरिब किसानले उत्पादन गरेको दूधको पाउडरमा किन १३ प्रतिशत भ्याट लगाएको रु पनिर र घिउमा किन कर रु’ उनले भने, ‘आयात रोकौं, भ्याट हटाउँ दूधको बजार हामी खोज्छौ ।’

विराटनगरमा ७० हजार लिटर खुल्ला दूध विक्री भइरहेको र त्यसमा १५ हजार लिटर पानी मिसाइएको ढकालको दाबी छ । धनकुटा र तेह्रथुमको शुद्ध दुध बिक्री नभइरहेको बेला विराटनगरमा दुधको रुपमा पानी विक्ने उनको भनाइ थियो । व्यवसायीले राज्यलाई कर तिर्नेगरेपनि खुल्ला दुध विक्री गर्नेहरुले कुनै कर नतिरेकोले समस्या रहेको उनले बताए ।

तेह्रथुमका दुग्ध सहकारी संस्था संघका अध्यक्ष मुक्ति बरालले भारतबाट आयातित धूलो दूधका कारण बजारमा समस्या आएको बताए । लम्पी स्किन रोगको कारण पशुपालन व्यवसाय संकटमा आउनसक्ने पनि उनको भनाइ थियो ।

झापाको विर्तामोडमा रहेको एनएमसी डेरी उद्योगका अध्यक्ष रामचन्द्र उप्रेतीले सरकारले निर्यातका लागि छुट्याएको पैसा खर्च हुन नसक्ने आशङ्का रहेको बताए । निर्यातमा अनुदान भनिएकोले निर्यात गर्न नसकिएको खण्डमा स्टक मालमा पनि राहत दिनुपर्ने उनको माग छ । अब उत्पादनलाई विविधिकरण गर्न राज्यले सहयोग गर्नुपर्ने उनले बताए ।

उत्पादकले उपभोक्ताको चाहनामा आधारित क्वालिटी, क्वान्टिटि अनुसारको वस्तु उत्पादन गर्नुपर्ने भन्दै उप्रेतीले आन्तरिक खपतका ठाउँहरुमा पनि राज्यले ध्यान दिनपर्नेमा जोड दिए । अहिलेको समस्या भनेको दूधको मूल्य नपाउनु र दूध विक्री नहुनु समस्या रहेको उनको भनाइ छ ।उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। लेखराज दाहालले अन्तराष्ट्रिय बजारको तुलनामा नेपालमा दुधको मूल्य बढी रहेको भएपनि मूल्य घटाउनु नहुने बताए । उत्पादन लागत घटाउनतिर लाग्नुपर्ने र उत्पादित दूधको विविधीकरण आवश्यक भएको उनले बताए ।

पाँच वर्ष अगाडिसम्म दूध अरु देशमा निर्यात गर्ने भन्दा मान्छे हाँस्ने अवस्थामा सुधार हुनु राम्रो भएको उनले बताए । सरकारले ०७५ सालमै पाउडर दूध आयातमा प्रतिबन्ध लगाएकोले आयात रोकिनुपर्ने उनको भनाइ थियो । दूधजन्य वस्तुहरुमा भ्याट नलगाउने विषयमा संघीय सरकारलाई कुरा राख्ने उनले बताए । खोरेतमुक्त घिउ उत्पादन गर्नसकने तिब्बतमा घिउको बजार धेरै राम्रो भएको भन्दै उनले त्यसको लागि सरकारले इलामको सूर्योदय नगरपालिकामा काम गर्ने तयारी रहेको दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर