animated ellipse animated ellipse

डा. कोइराला मोरङ ६ बाट निर्वाचित हुँदै लिए पण्डितसँग हारको बदला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ मंसिर २०७९, शुक्रबार ०८:४४
180
Shares
फाइल तस्वीर
विराटनगर /मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

डो कोइरालाले एमालेका लालबाबु पण्डितभन्दा १२ हजार २८४ सय मतान्तरले पराजित गरेका छन् । डा.कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी पण्डितले २२ हजार ९२९ मत ल्याए। त्यस्तै राप्रपाका गोपाल कटुवालले ८८२९ मत पाएका छन्

अघिल्लो निर्वाचनमा ६७५ मतले पराजित डा.कोइरालाले यसपटक १२ हजार २८४ सयले पण्डितलाई पराजित गरेका हुन् ।पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला २०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए । ५ वर्षपछि प्रतिनिधि सभामा यी दुबै उम्मेदवार प्रतिस्पर्धा गर्दा कोइरालाले २०७४ मा हारको फराकिलो मतअन्तरले बदला लिएका छन् ।

उनी २०२७ मा महेन्द्र मोरङ क्याम्पसबाट कांग्रेसको भातृ संगठन नेविसंघको राजनीतिमा आबद्ध भएका थिए । २०२८ सालमा पार्टी सदस्यता प्राप्त गरी सक्रीय राजनीतिमा पार्टीको ११ औं, १२ औं र १३ औं महाधिवेशनसम्म केन्द्रीय सदस्य भए । १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपछि हाल संस्थापनइत्तर समूहको नेतृत्व कोइरालाले गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर