AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपाल-भारत सीमा क्षेत्रमा गोली चल्दा विराटनगरका निर्दोश संग्रौला घाइते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ मंसिर २०८०, सोमबार १२:३२
900
Shares
विराटनगर / नेपाल-भारत सीमा क्षेत्रमा गोली चल्दा विराटनगरका एकजना युवा घाइते भएका छन्।

आज विहान भारतको जोगबनीमा रहेको रेल्वे स्टेशन नजिक गोली चल्दा विराटनगर महानगरपालिका वडा नम्बर ८ का २८ वर्षीय निर्दोश संग्रौला घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अज्ञात समूहको गोली प्रहारबाट उनको दाहिने खुट्टा र तीघ्रमा चोट लागेको छ। सग्रौलाको अहिले कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले दशगजा क्षेत्रमा नभएर भारतीय भूमितिर गोली चलेको हुनसक्ने बताए । ‘दशगजामा भएको भए प्रहरीलाई थाहा हुने थियो । हामीले पनि विरामी हस्पिटल आएपछि मात्र थाहा पाएका छौं । घटना विषय अनुसन्धान भइरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर