पूर्वाञ्चल खबर
केही दिनदेखि परेको निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण प्रदेश १ को पहाडी जिल्लामा पहिरो र तराईका जिल्लामा बाढीका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको हो ।
प्रदेश १ का डिआइजी अरुणकुमार बिसीका अनुसार पाँचथरमा ११ जनाको मृत्यु भएको पुष्टि भएकाे छ । पाचथरमा थप १० जनाको मृत्यु भएको जानकारी आएपछि सञ्चार सम्पर्क नहुँदा आधिकारिक रुपमा पुष्टि हुन बाँकी रहेको उनले बताए ।
डिआइजी बिसीका अनुसार इलाममा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । धनकुटामा ७ जनाको मृत्यु भएको छ । उदयपुरमा २, भोजपुरमा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै बाढी र पहिराेका कारण सुनसरीमा ४ जनाको मृत्यु भएको छ । मोरङ एक जना मृत अवस्थामा भेटिएका छन् । डिआइजी बिसीका अनुसार प्रदेशमा बेपत्ता हुनेको सख्या १६ पुगेको छ । यो सङ्ख्या अझै बढ्ने सक्ने उनले बताए ।