महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सकियो, खेलाडी छनौटको तयारीमा क्यान

खबर पूर्वाञ्चल, १३ आश्विन २०७८, बुधबार १८:५०

सुनसरी / आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले आफ्नो अन्तिम चरणको प्रशिक्षण सम्पन्न गरेको छ ।

सुनसरी जिल्ला क्रिकेट संघको ब्यवस्थापनमा इटहरीमा असोज ७ गतेबाट सुरु भएको आज सम्पन्न भएको हो । महिला राष्ट्रिय टिमका मुख्यप्र शिक्षक जगत टमटाले एक सातासम्म इटहरी स्थित क्षेत्रिय रंगशालाको इन्डोर हल र डिभिएम स्कुल परिषरमा रहेको मैदानमा प्रशिक्षण गराएका थिए ।

छनोट खेलकालागि पहिलो पटक नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला खेलाडीहरुलाई सानो सानो समुहमा प्रशिक्षण सुरु गरेको हो । पहिलो पटक क्यानले पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीलाई प्रशिक्षणमा राख्ने योजना अनुसार भदौ अन्तिम साता काठमाण्डौ र कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण सम्पन्न गरेको थियो ।

इटहरीको प्रशिक्षण आज सकिएकाले तीनै ठाउँको प्रशिक्षणलाई आधार मानेर मलेसियामा हुने खेलकालागि अन्तिम १४ सदस्यीय खेलाडी छनौट गरिने प्रशिक्षक टमटाले जानकारी दिए । यसअघि क्यानले एक महिनाअघि नै एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिसकेको थियो ।

गतवर्ष सम्पन्न प्रधानमन्त्री कप र मेयर्स कप क्रिकेट प्रतियोगितामा महिला खेलाडीले गरेको प्रदर्शनका आधारमा क्यानको छनोट समितिले २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेर प्रारम्भिक प्रशिक्षण सुरु गरेको थियो ।

मलेसियामा हुने भनिएको महिला टी २० विश्वकपको एशिया छनोट २३ नोभेम्बरबाट २८ नोभेम्बरसम्महुने बताइएको छ । जसमा नेपालसहित भुटान, चीन, कुवेत, मलेसिया, म्यानमार, यूएई र हङकङ खेल्नेछन । एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५