खबर पूर्वाञ्चल
मोरङ क्षेत्र नम्बर ६ मा पर्ने विराटनगर महानगरपालिका वडा ११ मा चुनावी भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले बुधबार यस्तो बताएका हुन् ।
लोकतन्त्र सुदृढीकरण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा मुलुकमा सुशासन कायम गर्न निर्वाचनमा गठबन्धनले सफलता हासिल गर्नुपर्ने उनले बताए । यस्तै, शिक्षाबिना समाज र राष्ट्र सभ्य हुन नसक्ने भएकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै डा. कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार बने मुलुकमा विकास हुने र बेथिति हट्ने दाबी गरे ।
कांग्रेसले ‘कोखदेखि शोकसम्म’का योजना बनाई कार्यान्वयन गर्ने उल्लेख गर्दै डा. कोइरालाले गरिबलाई शोकमा १० हजारसम्म किरिया खर्च दिइने सुनाए । कांग्रेसले सुत्केरी भत्तादेखि ज्येष्ठ नागरिकको उपचारलाई प्राथमिकता दिने उनको भनाइ छ ।
डा.कोइरालाले अगामी निवार्चनपछि फेरि गठबन्धन सरकार बन्ने समेत बताए । संविधानअनुसार निर्वाचन प्रक्रिया नै गठबन्धन सरकार बन्ने खालको रहेको उनले उल्लेख गरे । कुन न कुनै दलसँग मिलेर सरकार बनाउनुपर्ने अवस्था भएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको डा. कोइरालाले बताए ।