उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई एम्स कलेजको सम्मान

खबर पूर्वाञ्चल, ३१ श्रावण २०७९, मंगलवार १८:२४
198
Shares
विराटनगर / विराटनगर ९ मा रहेको एम्स कलेजका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् ।

त्रिभुवन विश्व विद्यालयले हालै प्रकाशित गरेको बि.एच.एम संकायकोे विभिन्न सेमेष्टरको नतिजामा तीन जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका हुन् ।

एम्सकी विद्यार्थी प्रेक्षा पौडेल वि.एच.एम दोश्रो सेमेष्टरको नतिजामा ३.९५ जि.पि.ए.ल्याएर बोर्ड चौथो भइन् । यस्तै ममता राईले ३.८२ जि.पि.ए.ल्याएर पं्रथम सेमेष्टरको नतिजामा प्रदेश तेश्रो भइन् । इश्वर चौलागाइले ३.८३ जि.पि.ए.ल्याएर चौथो सेमेष्टरको नतिजामा प्रदेश पं्रथम हासिल गरेको कलेजले जनाएको छ । उत्कृष्ट नतिजा ल्याउने चौंलागाई र पौडेललाई कलेजले आज एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

यसरी प्रदेश तथा बोर्डमा आफ्नो नामको गरिमालाई उच्च राख्न सफल विद्यार्थीहरुलाई नगद पुरस्कारसहित कलेजले सम्मान गरेको हो । कार्यक्रममा उपस्थित भएका अभिभावकहरूले कलेज तथा विद्यार्थीले गरेको मेहनेतको उच्च कदर गर्दै र राम्रो कलेजमा आफ्ना बच्चा पढाउन पाएकोमा खुशीव्यक्त गरे । कलेजले अभिभावकलाई पनि सम्मान गरेको थियो ।

कार्यक्रममा कलेजका अध्यक्ष तुलसीप्रसाद पोखरेलले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि कुनै कसर बाँकी नराख्ने र प्रदेशको नमुना कलेज बनाउन लागी पर्ने बताए । विद्यार्थीहरुको समुन्नत विकासका लागि कलेजले विद्यार्थी केन्द्रित भएर गरिखाने शिक्षा प्रदान गर्न लागि परेको कलेजका प्रबन्ध निर्देशक डा. दिक्षान्त पोखरेलले बताए । उनले उत्कृष्ट नतिजा ल्याएर आफ्नो र कलेजको गरिमालाई उच्च राख्ने मेधावी विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दै उज्वल भविष्यको कामना दिए ।

एम्स कलेजको आफ्ना विद्यार्थीहरु प्रतिको लगाव, शिक्षक र विद्यार्थीको कडा मेहनेतका कारण प्रत्येक सेमेष्टरमा उत्कृष्ट नतिजा आएको क्याम्पस प्रमुख सि.एम. बस्नेतले बताए । ‘एम्स कलेज विद्यार्थीको अध्ययन पुरा गर्ने थलो मात्र नभएर जिवन सिकाई गर्ने उर्वर स्थल पनि हो,’ उनले भने ।

यस अघि पनि एम्स कै विद्यार्थी प्रदेश पं्रथम गर्नुका साथै विश्वविद्यालयले लिएको परीक्षामा सत प्रतिशत विद्यार्थी उत्तिर्ण गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५