AArya
animated ellipse animated ellipse

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडिमा ढुङ्गा प्रहार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ मंसिर २०८०, मंगलवार १५:५९
999
Shares
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा पहिचानवादीहरूले ढुङ्गा प्रहार गरेका छन् ।

झापाको दमक नगरपालिकाले आयोजना गरेको लागुऔषधसम्बन्धी कार्यक्रम सहभागी हुन गएका मुख्यमन्त्री कार्कीलाई एक दर्जनको संख्यामा रहेको समूहले ढुङ्गा प्रहार गर्दै नाराबाजी गरेका हुन् ।

मुख्यमन्त्री कार्कीमाथि आक्रमणको प्रयास भए पनि प्रहरीले अवस्था सामान्य बनाइसकेको उनका जनसम्पर्क सल्लाहकार लीलावल्लभ घिमिरेले बताए ।

फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानसहितको प्रदेशको नामकरणको माग राख्दै पहिचान पक्षधर निरन्तर आन्दोलनरत छन्। मुख्यमन्त्री कार्की विरद्ध उनीहरुले कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार भन्दै नाराबाजी समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर