AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा १९ जनामा कोरोना संक्रमण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ फाल्गुन २०७८, आईतवार १८:०७
126
Shares
विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । २७८ जनाको पीसीआर परीक्षण गर्दा १८ र १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, सुनसरी र धनकुटामा २–२, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको पथरीशनिश्चरेमा ३, विराटनगरमा २, रंगेली, ग्रामथान, सुन्दरहरैचा र सुनबर्षीमा १–१, सुनसरीको इनरुवा र इटहरीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको त्रियुगामा १, प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२ महिला र २१ पुरुष रहेको छन् । सक्रिय संक्रमितको संख्या ७७८ रहेको मन्त्रालयले जनाएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर