animated ellipse animated ellipse

विराटनगरको अरनिको कलेजले गर्यो ११५१ जना विद्यार्थीलाई अभिमुखिकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ श्रावण २०८१, बिहीबार १७:०५
270
Shares
विराटनगर / विराटनगर–१० मा रहेको अरनिको कलेज कक्षा ११ मा भर्ना भएको २६ औं व्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।

अभिमुखीकरण कार्यक्रममा कक्षा ११ मा भर्ना भएका ११५१ जना विद्यार्थीलाई आज कलेजमा अभिमुखीकरण कार्यक्रम गरेको हो । गुणस्तरिय शिक्षा र राम्रो व्यवस्थापनमा सञ्चालन भएको कलेज काठमाण्डौ बाहिरको उत्कृष्ट कलेज भएको कलेजले जनाएको छ ।

कार्यक्रममा कलेजले लिएको कक्षा ११ को तेस्रो त्रैमासिक परीक्षा, कक्षा ११ मा भर्ना हसालाई लिएको प्रवेश परीक्षामा उत्कृष्ट हसने विद्यार्थीलाई सम्मान गरिएको छ भने एसईई मा ४ जिपिए ल्याउने अन्वेशा बस्नेत, गृष्मा लुइटेल, प्रतिभा रौनियार, सुत्र्रत बराल, कृतज्ञ दाहाल र अजय लिम्बुलाई समेत सम्मान गरिएको छ ।

अभिमुखिकरण कार्यक्रममा मोटीभेशन रमन भट्टराई,कलेजका अध्यक्ष लक्ष्मि अधिकारी, कलेजका प्रिन्सिपल राजेश कार्की, एस्पायर कलेजका प्रिन्सिपल सिएम बस्नेत, कलेजका सञ्चालक उमेन्द्र विलास लुइटेल,कार्यक्रम संयोजक विकाश खनाल र सञ्चालक भरतराज दाहाललगायतले नयाँ भर्ना भएका विद्यार्थीलाई उज्वल भविष्य निर्माण गर्ने कलेज अरनिको रहेको बताउँदै शुभ कामना दिए ।

प्रिन्सिपल कार्कीले राम्रोसँग अध्ययन गर्न विद्यार्थीलाई आग्रह समेत गरे । अरनिकोले गुणस्तरमा सम्झौता नगर्ने उनले प्रतिबद्धता व्यक्त गरे । कलेजमा भर्ना भएका विद्यार्थीले गौरव महसुस गर्ने वातावरण आफुहरुले तयार गर्ने उनले बताए । कलेजमा विज्ञाज संकाय, होटेल मनेजमेन्ट र व्यवस्थाजन संकायमा अध्यापन भइरहेको कजेजले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर