AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ब्राउन सुगरसहित सहित ६ जना विराटनगरबाट पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ भाद्र २०७९, सोमबार १५:१९
639
Shares
विराटनगर /प्रदेश १ को राजधानी विराटनगरबाट ब्राउन सुगरसहित छ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामधुनी नगरपालिका–८ घर भई विराटनगर–१४ मुण्डा पोखरी स्थितमा डेरा गरी बसेकी २७ बर्षीया सरस्वती गुरुङ, सिन्धुपाल्चोक चौताराका २६ बर्षीय विकाश थापा, विरानगर–१५ का २४ बर्षीय बरुण साह, विराटनगर–३ का ३० बर्षीय आशिष हमाल, विराटगर–१३ का ३० बर्षीय सुलभ रिजाल र धरान–२० का २३ बर्षीय रोशन लिम्वु रहेको मोरङ प्रहरीले जनाएको छ ।

उनीहरुको साथमा १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु समेत  फेला परेको छ । गुरुङको कोठा खानतलासी गर्ने क्रममा महानगरपालिका–१४ बाट उनीहरु पक्राउ परेका हुन् ।

गत शुक्रवार बेलुका लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको मोरङ जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर