खबर पूर्वाञ्चल
स्थानीयको सक्रियतामा निर्माण हुन लागेको मन्दिरको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । शिद्धकाली स्कुल छेउमा रहेको जमिनमा मन्दिर निर्माण हुन लागेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइराला भाषा, धर्म, कला र संस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिए । सबैलाई आआफ्ना भाषा, कला, धर्म र संस्कृतिको संरक्षण गर्न उहाँले आग्रह गरे ।
सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, मोरङ प्रहरीका प्रमुख एसपी नारायण चिमरिया, नेकपा एमालेका नेता विनोद ढकाल, वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपाने, पूर्व अध्यक्ष मीनकुमार आचार्य, समाजसेवी उद्धव कोइराला, शिद्धकाली विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव, मन्दिर निर्माण समितिका अध्यक्ष शोभानन्द यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । मन्दिरको शिलान्यास अघि कलशयात्रा निकालिएको थियो । कलशयात्राले वडाका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।