खबर पूर्वाञ्चल
कार्यक्रममा विद्यार्थीहरूले नाटकको माध्यमबाट भगवान श्रीकृष्णको जन्मकथा प्रस्तुत गरेका थिए। शास्त्रअनुसार द्वापरयुगमा मथुरा नगरीमा कंस नामक अत्याचारी राजाको कारागारमा देवकी र वासुदेवका पुत्रका रूपमा भएको श्रीकृष्णको जन्मले कसरी धर्मको स्थापना र अधर्मको विनाश गरी धर्मको रक्षा गरेको भन्ने विषयलाई नाट्य प्रस्तुतिमार्फत दर्शाइएको थियो।
विद्यार्थी दाजुभाइ र दिदीबहिनीहरूले व्रत बसेर भजन कीर्तन गरे। साथै श्रीकृष्णको झूला झुलाई आरती गरी भव्य रूपमा हर्षोल्लासका साथ श्रीकृष्ण जन्माष्टमी मनाइएको स्कूलका म्यानेजिङ डाइरेक्टर पंकज जैनले जानकारी दिए।
यस्ता कार्यक्रमको आयोजनाले विद्यार्थीहरूलाई धर्म, भक्ति र सत्कर्मको बारेमा ज्ञान हुन्छ। श्रीकृष्णको जीवनदर्शन र उपदेशहरूको स्मरण गराउन यसले महत्त्वपूर्ण भूमिका खेल्छ, स्कूलकी एकेडेमिक डाइरेक्टर निरु पौडेलले बताइन् ।
यो कार्यक्रमले केवल धार्मिक चेतना मात्र नभएर विद्यार्थीहरूमा नैतिक मूल्यमान्यता र सांस्कृतिक संस्कारको विकास गराउने उद्देश्य राखेको विद्यालयका प्रिन्सिपल विजय दाहालले बताए ।