गाँजा कारोबारीको सञ्जाल तोड्दै प्रहरी, दैनिकजसो अवैध गाँजा बरामद

खबर पूर्वाञ्चल, २१ श्रावण २०७९, शनिबार २१:००
198
Shares
विराटनगर / इलाका प्रहरी कार्यालय रानी विराटनगरले अवैध गाँजा धमाधम बरामद गर्न थालेको छ । एकपछि अर्को गर्दै अवैध गाँजा इप्रका रानीले पक्राउ गर्न थालेको हो ।

आज दिउँसो पनि मोरङ जहदा गाउँपालिका – ३ ठुलोहातिबन्दाका भुसाराम राजवंशीको घर पछाडि हेरेको कटेरोमा प्लास्टिकले प्याक गरेको ३८ केजी गाँजा इप्रका रानी विराटनगरले बरामद गरेको छ ।

विषेश सूचनाको आधारमा प्रहरीले छापा हानेर अवैध गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले गाँजा बरामद गरे पनि कारोबारी फरार भएका छन् । राजवंशी कारोबारी रहेको बुझिएको छ ।

राजवंशीले पहाडी जिल्लाबाट गाँजा मगाउने र स्थानीय युवा र भारत तस्करी गर्ने गरेको विशेष सूचना पाएपछि प्रहरीले छापा हानेर गाँजा बरामद गरेको हो ।

राजवंशीले प्रहरी आएको पत्तो पाएपछि उनी घरमा ताला लगाएर फरार भएका छन् । फरार भएको राजवंशीलाई प्रहरीले खोजी कार्य तीव्र बनाएको छ । यसअघि विराटनगर १४ बाट प्रहरीले ६१ केजी गाँजा बरामद गरेको थियो । बुधवार दिउँसो ११ बजे को २ ह ४६१० नम्बरको सिटीमा तीन वटा बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको थियो । उक्त गाँजा पनि राजवंशीले मगाएको स्रोतको भनाई छ । यसअघि तरकारी बोकेको ट्रकभित्रबाट प्रहरीले ६ बोरा गाँजासहित भरिया पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५