नेकपा एमाले (नेपाल समूह) ले गर्यो मोरङमा समानान्तर कमिटीको गठन, अध्यक्षमा राई

खबर पूर्वाञ्चल, २७ चैत्र २०७७, शुक्रबार १७:३०

विराटनगर / नेकपा एमालेको माधव नेपाल पक्षले मोरङमा समानान्तर कमिटी गठन गरेको छ ।

मोरङमा चन्द्रवीर राईकोे अध्यक्षतामा तीनसय २५ जनाको समानान्तर जिल्ला कमिटी गठन गरेको हो । उपाध्यक्षमा चण्डी राई र उद्धव पोखरेल रहेका छन् । यसैगरी सचिवमा राजन केसी, उपसचिवमा ओसिम आलम र निलम ढुंगेल रहेका भने आर्थिक प्रमुखमा विश्वनाथ राय रहेका छन् । यस्तै पारुल क्षेत्रीको अध्यक्षतामा एकसय ७५ जनाको विराटनगर महानगर समानान्तर कमिटी गठन गरेको छ । उपाध्यक्षमा खेम तिम्सिना, सचिव मीरा दाहाल र उपसचिव योगेश राजभण्डारी रहेका छन् ।

नेकपा एमाले मोरङले आज विराटनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले वडा र हरेक स्थानीय तहमा गएर समानान्तर कमिटी निर्माण गरी जनताको समस्या बुझेर समाधान गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रमम बोल्दै उनले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै २०७५ साल जेठ दुईको अवस्थामा पार्टी फर्किनुपर्ने बताएका छन् । नेता नेपालले २०७५ साल जेठ दुई गतेमा प्रधानमन्त्री केपी ओलीलगायत अष्टलक्ष्मी शाक्य, वामदेव गौतम, डा. भीम रावल, युवराज गौतम सबै निर्वाचित रहेको बुझ्नु आवश्यक रहेको औल्याए । सबैको पद समाप्त हुने र ओलीको पद कायम रहनै नसक्ने नेपालको भनाइ थियो । ओलीले पूरै अवैधानिक कदम चालेर पार्टी विधानविपरीत काम गर्ने गरेको नेपालले स्पष्ट पारे ।

विधानविपरीत काम गर्नेलाई साथ दिने दास हुन् भन्दै उनले आफूहरु दास नभएको स्पष्ट पारे । गलत प्रवृत्तिको मूलवाहक ओली प्रवृत्तिबाट देशलाई बचाउन पार्टीका नेता तथा कार्यकर्तामा आशा जगाउन एकताबद्ध अभियानमा अघि बढेको नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५