animated ellipse animated ellipse

भारतबाट ११ दिनमा १४ लाख बढीको चोरी तस्करीको सामान बरामद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ श्रावण २०८१, सोमबार १८:०२
54
Shares
विराटनगर / भारतबाट अवैध रुपमा तस्करी भएर आउने सामान प्रहरीले धमाधम बरामद गर्दै आएको छ ।

इलाका प्रहरी कार्यालय रानी विराटनगरले ११ दिनमा १४ लाख बढीको चोरी तस्करी भएर आएको सामान बरामद गरेको छ ।

इप्रका रानीका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले साउन २ देखि १३ गतेसम्म १४ लाख ९९ हजार १० रुपैयाँको अवैध सामान बरामद गरेर विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । बरामद गरेको समान ३ लाख ६१ हजार ४ सय कपडा, ६४ हजार ५९० को किराना, ४ लाख १० हजार मावाइलका आइटम र २३ हजार ९२० रुपैयाको विद्युतिय सामान प्रहरीले बरामद गरेर विराटनगर भन्सार कायालयमा बुझाएको छ । त्यसैगरी सवारी साधान दुई वटा बरामद गरेको छ । तस्करीमा प्रयोग भएको दुई वटा सवारी साधन ५ लाख ५० हजार मुल्य बरावरको रहेको छ । चालु आर्थिक वर्षमा १२ लाख ५ हजार आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएको प्रहरीले जनाएको छ ।

इप्रका रानीले केही दिन अगाडी क्यारिङ गर्ने सुरेश साहको कपडा बोकेको मारुती भेन प्रहरीले बरामद गरेको छ । तस्करीको कपडा भेनमा ल्याएपछि प्रहरीले बरामद गरेको थियो । त्यसैगरी अर्को तस्करी गुड्डु मियाको सिटी सफारीमा तस्करीको सामान ल्याएपछि प्रहरीले बरामद गरेको छ । यसरी एकपछि अर्को गर्दै तस्करीको सामान प्रहरीले बरामद गर्दै आएको छ । पछिल्लो समय चोरी तस्करी नियन्त्रणमा मोरङ प्रहरी सक्रिय रुपमा लागि परेको छ । व्यापारीले क्यारिङ गर्नेलाई निश्चित रकम दिने र उनीहरूले भनेको गन्तव्यसम्म पुर्याउने जिम्मा दिने गर्दछन् । त्यसबापत व्यापारीले भन्सारलाई बुझाउनुपर्ने भन्दा आधा रकम क्यारिङ गर्नेलाई दिएर गोदामसम्म पुर्याउन लगाउने गरेका छन् ।

खुल्ला सीमाको फाइदा उठाउँदै अहिले तस्करीमा लाग्ने गिरोह सक्रिया भएता पनि प्रहरीले चोरी तस्करी रोकथाम र नियन्त्रणमा कडाइको साथ लागि परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर