विराटनगर / प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ८, झापा र सुनसरीमा ३–३, धनकुटा र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ४, बेलबारी र पथरीशनिश्चरेमा २–२, झापाको दमकमा २, कचनकवलमा १, सुनसरीको धरान, इटहरी र रामधुनीमा १–१, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ६५ पुगेको छ ।
प्रदेश १ मा आज १२ जना निको भएका छन् । निको हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार ३८४ पुगेको छ ।
प्रदेश १ मा आज २ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३ महिला र १३ पुरुष रहेका छन् । हालसम्म २ लाख १३ हजार ३ सय ४६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया