AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा १६ जना कोरोना संक्रमित थपिए,निको भए १२ संक्रमित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ माघ २०७७, बिहीबार १८:०६
315
Shares
विराटनगर / प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ८, झापा र सुनसरीमा ३–३, धनकुटा र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४, बेलबारी र पथरीशनिश्चरेमा २–२, झापाको दमकमा २, कचनकवलमा १, सुनसरीको धरान, इटहरी र रामधुनीमा १–१, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ६५ पुगेको छ ।

प्रदेश १ मा आज १२ जना निको भएका छन् । निको हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार ३८४ पुगेको छ ।

प्रदेश १ मा आज २ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३ महिला र १३ पुरुष रहेका छन् । हालसम्म २ लाख १३ हजार ३ सय ४६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर