animated ellipse animated ellipse

मोरङ क्षेत्र नं. ४ का मतदाताले उम्मेदवार ढकाललाई भने ‘विकासको पहरेदार बनिदिनुप¥यो’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ कार्तिक २०७९, शुक्रबार १३:४४
180
Shares
विराटनगर / मंसिर ४ गते हुने प्रदेश तथाप्रतिनिधि सभा सदस्यको निर्वाचनकालागियतिबेलाउम्मेदवारहरु चुनावी मैदानमा छन् ।

चुनावी प्रचारमा घर दैलो र विभिन्न स्थानमा कोण सभामा उम्मेदवारहरु सक्रिय रहेका बेला जनताले भने स्थानीय तहले नगरेका कामको आक्रोश पोख्ने गरेका छन् । विशेष गरी स्थानीय सरकारका रुपमा रहेका पालिकाहरुले गरेका बेथिती, त्यहाँ भएका भ्रष्टचार र जनतालाई गरिएका वेवास्ता बढी जसो गुनासो हुने गरेको छ । एक पटक निर्वाचित भइसकेको उम्मेदवार भन्दा नयाँ उम्मेदवार प्रति जनताको आशा र भरोसा बढी देखिने गरेको छ ।

मोरङ क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका तर्फ बाट माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदी प्रतिनिधी सभा सदस्यको उम्मेदवार छन् । उनी यस अघि पनि दुई पटक सोहि क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित भइसकेका छन् । यद्यपी उनले जनअपेक्षा अनुसार काम गर्न नसकेको स्थानीयको गुनासो छ । त्यहि भएर त्यस क्षेत्रका जनताले पहिलो पटक उम्मेदवार बनेका नेकपा एमालेका नेता विनोद ढकाल प्रति बढी विश्वास र भरोसा गरेको सुनाउँछन् ।

घर दैलोकै क्रममा विराटनगर– ३ मा पुगेका ढकाललाई त्यहाँको फलैँचामा जम्मा भएका स्थानीयले विराटनगर महानगरपालिकाका तत्कालिन मेयर भीम पराजुली प्रतिको आक्रोश पोखे । दैनिक हजारौंको संख्यामा ठूला–ठूला सवारी साधन सञ्चालन हुने सडक निर्माणका क्रममा भएको भ्रष्टचार औल्याउँदै स्थानीयले ढकाललाई भने,‘हेर्नु यो सडक पिच गर्ने भनेर अनियमितता भएको छ, हामी दिन रात धुलो खाएर बस्नु परेको छ । आज बाध्य भएर सडकमा ढाट लगाएर विरोधमा छौं । तपाईंहरुले यसको खबरदारी गरिदिनप¥यो ।’यस्तै विराटनगर १ को घर दैलोमा पुगेका ढकाललाई पनि स्थानीयले महानगरपालिकाले अपेक्षाकृत जनताको काम गर्न नसकेको भन्दै विकासको पहरेदार बनिदिन आग्रह गरे ।

जवाफमा ढकालले आफु यस क्षेत्रको विकासकै लागि उम्मेदवार बनेको भन्दै सधैं जनताको साथमा रहेर अघिबढ्ने बताए । उनले भने,‘यस क्षेत्रमा धेरै काम गर्नुछ, समग्रमा यहाँका जनताको जीवनस्तर उकास्नु छ, अधुरा काम पूरा गर्नुछ, मिलेर अघिबढौं म सधैं तपाईहरुको साथमाहुनेछु ।’

प्रतिनिधी सभाजस्तै प्रदेश तर्फ पनि उस्तै गुनासा र अपेक्षा आउने गरेको छ । क्षेत्र नम्बर ४ (१) मा नेपाली कांग्रेसका गुरुराज घिमिरे र एमालेका जयप्रकाश चौधरीबीच प्रतिष्पर्धा छ । घिमिरे नेपाली कांग्रेसबाट लामो समयदेखि सोहि क्षेत्रबाट राजनीति गर्दै आएका छन् भने चौधरी विभिन्न सामाजिक क्षेत्रमा लामो समय काम गरेर राजनितीमा आएका युवा नेता हुन् । बौद्धिक व्यक्तित्वको छवि बनाएका चौधरीसँग स्थानीयको भरोसा बढी रहेको पाइन्छ । ‘नयाँ हुन्, केहि गर्छन् भन्ने लागेको छ’ग्रामथानको एक चियापसलमा भेटिएका रामनारायण राजबंशीले भने ।

यता ४ (२)मा भने सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भीम पराजुली र एमालेबाट जीवन घिमिरे उम्मेदवार बनेका छन् । पराजुली विराटनगर महानगरका पूर्व मेयर हुन् भने घिमिरे प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री हुन् ।

पराजुलीसँग महानगरबासी आक्रोशित छन् भने पार्टी भित्रै चर्को गुटबन्दी गर्ने उनलाई पार्टीभित्रकै ठूलो असहयोग रहने कांग्रेस कार्यकर्ताको बुझाई छ । महानगरको नेतृत्व पराजुलीले गरिरहँदा विभिन्न विवादमा तानिएको तथा महानगरको आर्थिक अवस्था डामाडोल बनाएको आरोप पराजुलीलाई लाग्ने गरेको छ । उता घिमिरे प्रति भने प्रदेश सरकारमा रहँदा उल्लेख्य काम गर्ने नेताका रुपमा चित्रण गर्ने गरिएको छ । कोरोनाको महामारिमा घिमिरेले खेलेको भूमिका, सिंघिया खोलाको सरसफाई, शिक्षाको गुणस्तरवृद्धिकालागि खेलेको भूमिकादेखि खेलकुद क्षेत्रमा उनले गरेको योगदानको निकै चर्चाहुने गरेको छ । तिनै कामको स्मरण गर्दै क्षेत्रका जनताले घिमिरेप्रति नै बढी विश्वास गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर