animated ellipse animated ellipse

मुलुकको समग्र विकास एवं समृद्धि बनाउन निर्वाचनमा जुट्न मुख्यमन्त्री राईको आग्रह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ फाल्गुन २०७७, शुक्रबार १८:५७
315
Shares
उद्घाटन सत्रलाई सम्वोधन गर्दै मुख्यमन्त्री शेरधन राई । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / स्थायी शान्ति ,विकास र समृद्धिका लागि निर्वाचन अपरिहार्य रहेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

आज विराटनगरमा प्रेस संगठन प्रदेश १ स्तरीय भेलाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।

उनले मुलुकलाई बन्धक बनाउने, अस्थिरतातर्फ धकेल्न र प्रधानमन्त्रीलाई अपदस्थ गर्ने जस्ता क्रियाकलापलाई परास्त गर्न लोकतन्त्रान्त्रिक पद्धति अनुसार जनता समक्ष ताजा जनादेश लिन जानु परेको वाध्यतात्मक परिस्तिति सिर्जना भएको प्रष्ट पारे । मुलुकको समग्र विकास एवं समृद्धि बनाउन निर्वाचनमा जुट्न आग्रह गर्दै मुख्यमन्त्री राईले विभिन्न राजनीतिक दल आफ्ना किसिममा तयारीमा लागेको बताए ।

प्रचण्ड र माधव समूहले विभिन्न समयमा भएका सहमती र सहकार्य उलङ्घन गरेको चर्चा गर्दै मुख्यमन्त्री राईले भदौ २६ गते भएको सहमती निस्कृय गरी मुलुकमा राजनीतिक अस्थिरिता कायम गरेकोले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जानका लागि बाध्यात्मक परिस्थितिमा संसद विघटनको अवस्था आएको जानकारी गराए । सञ्चारकर्मीहरुले सही र तथ्य रुपमा मुलुकलाई पछाडि धकेल्ने, देश विरोध कार्य गर्ने जनतासमक्ष जानकारी गराउन महत्वपूर्ण भूमिका खेल्न उनले आग्रह समेत गरे

जनताको ठूलो बलिदानबाट प्राप्त भएको लोकतन्त्र र सङ्घीयतालाई संस्थागत बनाउन पत्रकारहरुले भूमिका खेल्नु पर्नेमा जोड दिदै मुख्यमन्त्री राईले संगठनको आजको भेलाबाट गरिने योजनालाई प्रदेश सरकारले जोडेर लैजाने विश्वास दिलाए ।

पार्टी विधान विपरित प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव आएको बताउँदै पार्टी संसदीय विधान अनुसार सदस्यहरुलाई स्पष्टिकरण सोधिएकोमा चित्त वुझ्दो स्पष्टिकरण नआएकोले निलम्वन गरेकोमा त्यो वैधानिक रहेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रष्ट पारे । उनले प्रदेश सरकारले सञ्चारकर्मीहरुको विकासका लागि नीति लिएको चर्चा गर्दै उनीहरुको दक्षता वृद्धि बनाउन सञ्चार ग्राम निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल कम्यूनिस्ट पार्टी( नेकपा)का प्रदेशका प्रमुख सचेत वुद्धिकुमार राजभण्डारीले कानून मिचेर प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव आएको बताउदै सर्वोच्च अदालत र निर्वाचन आयोग निर्णय नभएसम्म प्रदेश सभा स्थगित रहने बताए ।

नेकपा प्रदेश १ अध्यक्ष देवराज घिमिरे ,नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष बिक्रम लुईटेल, संगठनका प्रदेश इन्चार्ज लीलाराज भट्टराई, वरिष्ठ पत्रकारहरु किशोर काकी, सिद्धराज राईले भेलाले संगठन विस्तारमा योगदान पुग्ने बता । भेलामा १४ जिल्लाका संगठनका सदस्यहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर