animated ellipse animated ellipse

नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले दिए राजीनामा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ आश्विन २०८०, शनिबार १४:४०
441
Shares
विराटनगर / नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् ।

विराटनगरस्थित काँग्रेस प्रदेश कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

उनले नैतिकताका आधारमा राजीनामा दिएको बताए । ‘मैले पाएको अवसरलाई गुमाएँ, अदालतले मलाई मुख्यमन्त्रीबाट हटायो । त्यतिबेलै मैले राजीनामा दिनुपथ्र्याे,’ उनले भने, ‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घट्नाक्रमले गर्दा नैतिक रूपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरे । आजको मितिदेखि लागू हुने गरी मैले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिदान्त र आदर्श प्रति प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहिरहने छु ।’

थापाले केदार कार्की मुख्यमन्त्री भएकामा बधाइ दिएका छन् । उनले कार्की मुख्यमन्त्री भएकै दिन राजनीनामा दिनु संयोगमात्र भएको बताए । ‘यसमा कुनै आग्रह, पूर्वाग्रह छैन’ उनले भने । कोशीमा राजनीतिक घटनाक्रमको कारक आफू पनि भएको महसुस गरेर आफूले राजीनामा दिएको पनि थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर