विराटनगरकी रेचलले जितिन् देशव्यापी निबन्ध प्रतियोगिताको पुरस्कार

खबर पूर्वाञ्चल, २४ बैशाख २०७७, बुधबार १४:१७

विराटनगर /अंग्रेजी दैनिक पत्रिका रिपव्लिकाद्वारा आयोजित देशव्यापी निबन्ध प्रतियोगितामा विराटनगरकी छात्रा विजयी भएकी छिन् ।

विराटनगर संसारीमाइस्थानस्थित कोशी विद्या मन्दिर विद्यालयमा कक्षा ८ मा पढ्ने रिचल दासले उक्त पुरस्कार जितेकी हुन् । लकडाउनको समय सृजनशील बनाउन रिपव्लिकाले कक्षा १० सम्मका विद्यार्थीहरुलाई सृङ्खलाबद्ध रुपमा यस्तो प्रतियोगिता गराउँदै आएको छ ।

प्रतियोगिताको पैँतीसौँ संस्करणमा निबन्धकोे शिर्षक थियो – ‘लकडाउनमा तपाइँको विद्यालयले कस्तो शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ला ?’ आफ्नो सफलताको जस आफ्ना अभिभावक र शिक्षकहरुलाई दिँदै रेचलले भनिन्, ‘विद्यालयले बेलाबेला आयोजना गर्ने आन्तरिक प्रतिष्पर्धाका कारण मलाई यो प्रतियोगिता खासै नौलो र अप्ठेरो लागेन । प्रथम नै हुन्छु भन्ने आशा त थिएन तर पनि नतिजाले मलाई सर्प्राईज दियो ।’ रेचल थप्छिन्, ‘यो विजयले मेरो आत्मविस्वास बलियो भएको छ ।’
मात्र तेह्र वर्ष टेकेकी छोरीको सफलताले उनका बुबा चन्द्रमोहन र आमा सुनीता दास पनि मख्ख परेका छन् । रिचल पढ्ने विद्यालयका निर्देशक राजेशकुमार दास भन्छन, ‘सानैदेखि अनुशासित र लगनशील रेचल जस्ता विद्यार्थीका लागि सफलता आफैँ पछ्याउने रहेछन् । हुने विरुवाको चिल्लो पात भनेझैँ उनी सानैदेखि मेहनती थिइन् । असाध्यै मिलनसार पनि । समसामयिक विषयमा सधैँ चासो राख्ने बानीले यसमा उनको कलम सजिलै अघि बढ्यो ।’

रेचलले निबन्धमा लेखेझैँ विद्यालयले पनि अहिले आफ्ना विद्यार्थीहरुका लागि अनलाइन कक्षा सञ्चालन गरी विद्यार्थीहरुको अध्ययनलाई ताजा राखेको छ । अनलाइन कक्षाका विरुद्ध आएका विचारप्रति लक्षित गर्दै प्रिन्सिपल धिजनबाबु काफ्ले भन्छन्, ‘ज्ञानको प्रसार गर्ने कुनै पनि विधीको विरोध हामीलाई सह्य छैन । एक्काइसाँै शताव्धिमा पनि शिक्षामा प्रविधीको विरोध गर्नेहरुको नियत सफा देखिँदैन । यसका लगि सस्तो र ताररहित इन्टरनेटको पहुँचलाई अत्यावस्यक खाद्यबस्तु सरह सरकारले तुरुन्त ग्रामीण क्षेत्रसम्म विस्तार गरी सबैलाई सूचनाको सुविधा पुर्याउनुपर्छ ।’ रिपव्लिकाको यो सृजनात्मक कार्यमा विद्यालयस्तरका हजारौँ वालवालिका सहभागी भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५