animated ellipse animated ellipse

एपीएफले जित्यो मिल्स गोल्डकपको उपाधि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ बैशाख २०८१, शनिबार १९:४८
99
Shares
मिल्स गोल्डकपको उपाधिका साथ एफिएफ । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / पहिलो संस्करणको विजेता सुनसरीको पकली स्थित सशस्त्र प्रहरी बल (एपीएफ) ले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा आज सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले पराजित गर्दै एपीएफले दास्रो पटक उपाधि जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ ।

यसअघि २०७७ सालमा एपीएफले प्रथम संस्करणको मिल्स गोल्डकपको उपाधि जितेको थियो । त्यसबेलाको फाइनलमा आयोजकको साइनो स्पोर्ट्स क्लव रानी मोरङलाई टाईब्रेकरमा ४–३ गोलले पराजित गरेको थियो ।

जितको लागि एपीएफको तर्फबाट भरत कपाली, दिसन राई र धनबहादुर श्रेष्ठले समान १–१ गोल गरे । पेमा युवा क्लबको तर्फबाट सान्तवना गोल मिलन राईले फर्काए ।

सुरूवाती अग्रता घरेलु टिम पेमा युवा क्लबले लियो । खेल सुरु भएको ११ औं मिनेटमा मिलन लिम्बुले गोल गरी पहिलो हाफमा सुरूवाती अग्रता दिलाए । सुरज सुब्बाले निकालेको क्रस पासलाई मिलनले गोलमा परिणत गरे ।

घरेलु टिम पेमाले गोल गरेको दुई मिनेट बित्न नपाउँदै एपीएफले गोल गरी खेल बराबारीमा फर्काए । खेल सुरु भएको १३ औं मिनेटमा एपीएफका भरत कपालीले गोल गरी खेल बराबरीमा ल्याए । पेमाका गोलकिपर अरुणले टच गरेर रिबाउन्ड भएको बललाई भरतले आकर्षक गोल गरे ।

पहिलो हाफमा १–१ गोलको बराबरी भयो । दोस्रो हाफदेखि आक्रमक खेल्दै एपीएफका दिसन राईले ६० औं मिनेटमा गोल गरी अग्रता दोब्बर बनाए । हरी कार्कीले डिबक्स भित्रबाट दिएसको क्रस पासलाई दिसनले जाली चुमाए । अग्रता दोब्बर बनाएको १४ मिनेट बित्न नपाउँदै धनबहादुर श्रेष्ठले गोल गरि टिमको जित सुनिश्चत गरे । दिसन राईले निकालेको पासलाई धनबहादुरले गोल गरेका थिए ।

पेमा युवा क्बलले बारम्बार पाएको गोल गर्ने अवसर खेर पाल्दा उपबिजेता बन्यो । उपबिजेता बनेको पेमाले १ लाख ११ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो ।

फाइनल खेलमो प्लेयर अफ द फाइनल एपीएफका दिसन राई घोषित भए । हाइस्कोर एपीएफकै हरी कार्की भए । उनले खेलभरीमा तीन गोल गरे । उत्कृष्ट गोलकिपर एपीएफका सुजन बिक र टुनामेन्ट अफ द इयर पेमा युवा क्लबलका कोमल खवास घोषित भए ।

वैशाख ७ देखि शुरु भएको प्रतियोगितामा प्रदेश स्तरीय ‘ए’ डिभिजनका आठ टिमको सहभागि रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्ष विष्णुं डंगोलले जानकारी दिए ।

प्रतियोगिताको बिजेता हुने टिमलाई कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, मिल्स गोल्डकप फुटब ट्रष्टका अध्यक्ष विष्णु डंगोल, संयोजक मनोज खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर