AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई अरनीको कलेजको सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ श्रावण २०७८, बुधबार १०:०५
7.83k
Shares
तस्वीर : सम्मान पछि सामुहिक तस्वीर खिचाउँदै पुष्पराज थपलिया /खवर पूर्वाञ्चल
विराटनगर/ विराटनगर – १० तीनटोलियास्थित अरनीको कलेजलले पूर्ण रूपमा छात्रवृत्तिमा नाम निकाल्न सफल हुने ३० जना विद्यार्थीलाई सम्मान गरेको छ ।

कलेज परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरि एमबिबिएस, बीएसी नर्सिङ्ग, इन्जिनियरिङ्ग, कृषि तथा वनविज्ञान संकायमा पूर्ण छात्रवृतिमा नाम निकाल्ने ३० जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो ।

कलेजले एमबिबिएस र बिडिएसतर्फमा १९ जना, इन्जिनियरिङ्गतर्फ ५ जना, कृषि तथा वनविज्ञान संकाया तर्फ ४ जना र नेथम तर्फ २ जना गरि जम्मा ३० जना विद्यार्थीले पूर्ण रूपमा छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई नगद ५ हजार रुपैयाँको साथै कदर पत्रले सम्मान गरेको थियो ।

यसरी एमबिबिएस तथा बिडिएसतर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरूमा सागर मण्डल, उत्सा मुल्मी, रुपेश चौरसिया, आदित्य रिमाल, आरिफ खान, आस्मा शर्मा, प्रज्वल खनाल, आभाष गौतम, आयूष निरौला, समिर प्रसाइ, हेमा इसार, सार्थक ढुंगना, कृष्ण मण्डल, प्रतिष्ठा रेग्मी, भिक्टर माखिम, आरती कुमारी दास, कुुसम साह, पुनम साह, बिवेक कुमार मण्डल, रिया बस्नेत रहेका छन् ।

यस्तै इन्जिनियरिङतर्फ हेमन्त पञ्चारिया, सन्तोष कुमार साह, एलिना पराजुली, महमद अनवर मन्सुरी र अतुल कर्ण रहेका छन् । यसैगरि कृषि तथा वन विज्ञान संकायतर्फ गौरी शंकर गुप्ता, प्रार्थना सिलवाल, निरज मण्डल र देव कुमार महतो रहेका छन् । यस्तै नाथमतर्फ एल्सन राई र श्रृती राजवंशी रहेका छन् ।

सम्मानित हुने विद्यार्थीहरूलाई कलेजका प्रिन्सिपल राजेश कार्की, अध्यक्ष लक्ष्मी अधिकारी, संस्थापक संचालकहरू विकास खनाल, निलम अधिकारी, शैलेन्द्र झा, विलास लुइटेल र डा. भबेन्द्र निरौलाले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै एमबीबीएसमा नाम निकाल्ने विद्यार्थी सागर मण्डल, उत्सा मुल्मी र आदित्य रिमालले लगनसिल भएर अध्ययन गर्दा सफलता मिलेको बताए । अरनीको कलेजमा शिक्षकहरुले गुणस्तरीय शिक्षा दिएको कारणले गर्दा अहिले हामीले सफलता पाएको उनीहरुको भनाई थियो ।

कार्यक्रममा बोल्दै अरनीको कलेजका प्रिन्सिपल कार्कीले कलेजले गुणस्तीय शिक्षा दिन सधै लागि परेको कारणले विद्यार्थीले सफलता पाएको बताए । उनले गुणस्तीय शिक्षा प्रदान गर्न कलेजले कुनै कसुर बाँकी नराख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर