खबर पूर्वाञ्चल
आर्थिक अवस्था नाजुक भएकी राईको उपचार मोरङ सहकारीमा निःशुल्क भएको हो ।
गर्भवती राईसँग पैसाँ नभएपछि विराटनगरस्थित कोशी अस्पतालमा देखाएपछि घर फर्किदै थिइन् । सुनसरीको बराहक्षेत्रबाट जेटबोर्ड चढेर घर जाने तयारीमा रहेकी थिइन् । तेही बिचमा स्थानीय संचारकर्मीले आर्थिक अवस्था अभावको कारणले उपचार नपाएको भिडियो सामाजिक संजालमा हालेका थिए । सो भिडियो भाइरल भयो । पैसाँ नभएर उपचार नपाएको भिडियो मोरङ सहकारीका स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. बालकृष्ण साहले जानकारी पाएपछि उनको उपचार निःशुल्क गरिदिने बताए । त्यसपछि स्थानीयको सहयोगमा कविता जेठ २४ गते मोरङ सहकारी अस्पताल आइन् । उनको स्वास्थ्य परीक्षण गर्दा ७ महिना पूरा भएको ३२ हप्ताको गर्भ थियो । ‘गर्भको बच्चा ३२ हप्ता मात्रै पूरा गरेको र आमाको जटिलता कम गर्न बच्चा निकाल्नु पर्ने थियो । हामीले अस्पताल आएको भोलीपल्ट शल्यक्रिया गरी बच्चा निकाल्यौं । जटिल अवस्थामा उपचार गर्दा गर्दै पनि आमा र बच्चा दुवैको बचाउन सकियो,’ उपचारमा संलग्न चिकित्सक डा. साहले भने ।
गर्भवती कविताको स्वास्थ्य अवस्था जटिल रहेको चिकित्सक साहले बताए । उनीमा उच्च रक्तचापले शरीर शुन्निएको, मृगौला तथा कलेजोमा पनि असर गरि सकेको, कुपोषण र रक्तअल्पता भएको थियो । ‘रक्तअल्पता भएको कारणले शल्यक्रियापछि हामीले तीन पिन्ट रगत चढाएर विरामीको सफल उपचार गर्न सकिएका छौं,’ उनले भने, ‘आमा र नवजात शिशुको अवस्था अहिले राम्रो भएको छ । त्यसैले आज विरामीलाई डिस्चार्ज गरिएको छ ।’
मोरङ सहकारीका नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदिपकुमार झाले ३२ हप्तामा जन्मिएको नवजात शिशुको तौल १६ सय ग्राम रहेको बताए । ‘महिना नपुगेको र तौल कम भएको नवजात शिशुमा विभिन्न जटिलताहरू देखा पर्ने गर्दछ । यस्तो शिशुले तापक्रम मेन्टन गर्न सक्दैन । त्यसैले हामीले एनआइसियूमा राखेर उपचार गरेका थियौं,’ डा. झाले भने, ‘यसरी उपचार गरेपछि अहिले नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।’
अस्पतालका संचालक मिलन पौडेलले आर्थिक अवस्था नाजुक भएको परिवारको सामाजिक उत्तरदायित्वमा अन्तर्गत रहेर निःशुल्क उपचार गरेको बताए । ‘पैसाँ अभावको कारणले कसैले पनि मृत्युवरण गर्नु हुदैन भन्ने हाम्रो मान्यता रहेको छ । तेही भएर हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर निःशुल्क उपचार गरेर आमा र बच्चालाई बचाउन सफल भएका छौं ।’
उपचारपछि कविताले नयाँ जीवन पाएको बताइन् । ‘बाच्छु जस्तो लागेको थिएन् । असाय पिढा भएको थियो । उपचारपछि अहिले मज्जासँग हिडडुल गर्न सक्ने भएको छु,’ डिस्चार्ज भएपछि उनले भनिन्, ‘उपचारमा संलग्न चिकित्सकको टिम र अस्पतालप्रति कृतज्ञ रहेको छु ।’ कविताका श्रीमान भोजराज राईले पनि श्रीमतीलाई नयाँ जिवन दिने उपचारमा संलग्न चिकित्सक र हस्पिटल परिवारलाई धन्यवाद दिए ।
तपाईको प्रतिक्रिया