खबर पूर्वाञ्चल
आउँदो नयाँ शैक्षिक शत्रबाट उक्त कोर्ष कोवासमा सुरु गर्ने भएको हो । नयाँ कोर्ष कलेजमा सञ्चालन गर्ने भएपछि आज विद्यार्थीहरुलाई जानकारी दिनको लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो ।
कोवासमा एसीसीए अध्ययनको लागि ५१ जना विद्यार्थी भर्ना भएको कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठले जानकारी दिए । अभिमुखिकरण कार्यक्रममा ३५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
अभिमुखिकरण कार्यक्रमको सहजिकरण चाटर एकाउनटेन्ड अश्विनी ठाकुर, कोवास कलेजका एसीसीए निर्देशक रंजीत साह, रवि साहले विद्यार्थीहरुलाई एसीसीएको बारेमा जानकारी गराएका थिए ।