जेठ १ गतेसम्मका लागी मोरङमा निषेधाज्ञाको समय थप गर्दै जिल्लाभर निषेधाज्ञा जारी

खबर पूर्वाञ्चल, २३ बैशाख २०७८, बिहीबार १६:४२

विराटनगर / कोरोना संक्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गर्दै मोरङ प्रशासनले जेठ १ गतेसम्मका लागी निषेधाज्ञाको समयावधि थप गर्दैे जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

विराटनगर महानगरपालिका र आसपासका तीन पालिकामा निषेधाज्ञा जारी गरेको प्रशासनले शुक्रबार मध्य राति १२ बजेदेखि लागु हुनेगरी जिल्ला भर जेठ १ गतेसम्मका लागी निषेधाज्ञा जारी गरेको हो ।

यसअघि बैशाख १७ गते बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले वैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि ७ दिने निषेधाज्ञा जारी गरेको थियो । विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी भएको थियो । सङ्क्रमण दर बढेपछि जिल्लाभर निषेधाज्ञा जारी भएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

आज बसेको बैठकले विराटनगरमा निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय समेत गरेको छ । सर्वसाधारणले अटेर गरेपछि कडाई गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधीभर सवारीसाधनलाई पूर्ण रूपमा आवतजावत गर्न रोक लगाइने छ । दैनिक उपभोग्य वस्तु र अतिआवश्यक सामाग्रीका पसल बिहानको समय खोल्न दिइनेछ ।

मोरङ प्रशासनको आदेशअनुसार भारतबाट रानी नाका हुँदै नेपाल आउने नेपाली नागरिकबाहेक अन्य आवागमन गर्न पाइने छैन ।

मोरङसँग सीमा जोडिएको सुनसरी र झापामा यस अघि नै निषेधाज्ञा जारी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५