AArya
animated ellipse animated ellipse

लायन्स क्लव डिष्ट्रिकले पन्ध्र हजार अमेरिकी डलर राहत बाढ्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ आश्विन २०८१, बुधबार १६:५८
54
Shares
विराटनगर / लायन्स अन्तराष्ट्रियले नेपालको बाढी पीडित तथा प्रभावितको लागि एकलाख अमेरिकी डलर तत्कालिन राहत वितरणका लागि स्वीकृत गरेको छ ।

लायन्स अन्तराष्ट्रिय फाउण्डेशनले नेपालमा बाढी पीडितका लागि आपतकालिन सहयोग अन्तर्गत यो रकम हस्तान्तरण गरेर वितरण गर्ने तयारी गरेको हो ।

जसमध्ये लायन्स क्लव डिस्ट्रिक ३२५ सी ले पन्ध्र हजार अमेरिकी डलर बराबरको सहयोग कोशी प्रदेशमा वितरण गर्ने गर्भनर विकास अधिकारीले जानकारी दिएका छन् । ‘हाम्रो डिष्ट्रिक ३२५ सी ले कोशी प्रदेशमा अन्तराष्ट्रिय पोलिसी अनुसार पन्ध्र हजार डलरको सहयोग तत्काल राहत स्वरुप उपलब्ध गराउने छ,’ अधिकारीले भने, ‘बाढी बाट उच्च जोखिममा परेका नागरिकसम्म राहत पु¥याउने छौं ।’

पछिल्लो तीन दिनमा समेत पूर्वी नेपालका ९ जिल्लामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज जारी गरेको सूचना अनुसार ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना छ । त्यसैले आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर