animated ellipse animated ellipse

चक्कु देखाएर इटहरीमा दिनदहाडै २ लाख लुटपाट गर्ने सात जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ भाद्र २०८१, शनिबार १८:२५
81
Shares
सुनसरी / सुनसरीको इटहरीमा चक्कु देखाएर दिनदहाडै दुई लाख रुपैयाँ लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले उनीहरुलाई इटहरी उपमहानगरपालिका ४ ट्याङग्रा खोला नजिकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सुनसरी रामधुनी नगरपालिका ३ बस्ने बर्ष २२ का अनिस कोईराला, इटहरी ४ का २४ वर्षिय बिशाल तामाङ, रामधुनी ३ का १९ वर्षीया शुसन थापा, सोही ठाउँका बर्ष १८ का सुनिल बस्नेत, बर्ष १८ का निश्चल बस्नेत, बर्ष १८ का साकार भण्डारी, इटहरी १६ का बर्ष १८ का रिचन खत्रीलाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

भदौ १८ गते ३ बजेको समयमा इटहरी उपमहानगरपालिका वडा नं. ३ तालतलैया चोक स्थित झापा बाह्रदशी गाउँपालिका ३ राजगढ बस्ने बर्ष २२ का अमन भगत र सोही ठाउँका बर्ष २३ का निखिल भगतलाई उनीहरुले बाटो छेकी चक्कु देखाएर साथमा भएको दुई लाख रुपैयाँ लुटपाट गरी फरार भएका थिए । त्यसपछि इप्रका इटहरीबाट प्रहरी अधिकृतको कमाण्डमा बिशेष टोलि परिचालन भएको थियो ।

गहन रुपमा गरेको अनुसन्धान पछि लुटपाटमा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको सुनसरी प्रहरी प्रमुख विपिन रेग्मीले जानकारी दिए । पक्राउ परेकाहरुलाई सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट तीस हजार २ सय ५५ रुपैयाँ, एक थान चक्कु बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर