AArya
RUMPUM
animated ellipse animated ellipse

माग सम्बोधन नभएको भन्दै विश्व विद्यालयका कुनै पनि शैक्षिक गतिविधीमा संलग्न नहुने घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ जेष्ठ २०७७, सोमबार १९:३३
3
Shares
विराटनगर / त्रिभुवन विश्व विद्यालयका आंशिकप्राध्यापकहरुले आफ्ना मागहरु सम्बोधन नभएको भन्दै विश्व विद्यालयका कुनै पनि शैक्षिक गतिविधीमा संलग्न नहुने घोषणा गरेका छन् ।

यस अघि उनीहरुले बन्दाबन्दीमा अनलाइन कक्षा लिइरहेका प्राध्यापकलाई भत्ता दिन र २०७४ सालमानै मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार करार गर्न माग समेत गरेका थिए ।
त्रिवि आंशिक प्राध्यापक संघले विज्ञप्ति प्रकाशित गरी आफूहरुका माग पूरा गर्न पटक पटक अनुरोध गर्दा पनि संवोधन नभएकाले कक्षा नलिने र अरु सबै प्रकारका शैक्षिक क्रिया कलापमा सहभागि नहुने जनाएको हो ।

विगत १४ वर्षदेखि अध्यापन गराउँदै आएका आंशिक प्राध्यापकका माग पूरा नभएको संघका अध्यक्ष डा. महेशकुमार गजुरेल, महा–सचिव केशव चन्द र आन्दोलन संयोजक नरेन्द्रप्रसाद भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषद्ले २०७४ साल मंसिर ८ गते गरेको त्रिभुवन विश्वविद्यालयमा दरबन्दी थप गरेर आंशिक प्राध्यापकलाई करार गर्ने निर्णय कार्यान्वयन र अहिलेसम्मको पारिश्रमिक उपलब्ध नभएसम्म आन्दोलन फिर्ता नहुने संघले जनाएको छ ।

त्रिभुवन विश्व विद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटालगायत पदाधिकारीले वैशाख १९ मा एक हप्तामा समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपनि पूरा नभएको अध्यक्ष डा. गजुरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर