RUMPUM
animated ellipse animated ellipse

गोर्खा वेलफेयर ट्रष्टद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ बैशाख २०७७, सोमबार १८:४५
3
Shares
विराटनगर / गोर्खा वेलफेयर ट्रष्ट नेपालले कोशी अस्पताल विराटनगरलाई ५ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले अस्पताललाई दुई र कोभिड –१९ उपचार केन्द्रलाई एक गरि तीन थान ह्याण्ड वास पोइन्टसहित विभिन्न १२ प्रकारका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख पूर्णप्रसाद लिम्वुले बताए ।

प्रदेश १ का विभिन्न स्थानीय तहलगायतका स्थानमा गोर्खा वेलफेयरले स्वास्थ्य सामाग्री हस्तान्तरण तथा ह्याण्ड वास पोइन्ट निर्माणको कामपनि गर्दै आएको उनले बताए ।

डिफ्आईडीको आर्थिक सहयोगमा वितरण गरिएको विभिन्न स्वास्थ्य सामाग्री ग्रहण गर्दै कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले अस्पतालमा ह्याण्ड वास पोइन्टको महत्वपूण भूमिका हुने बताइन् । स्वास्थ्य सामाग्री वितरणमा वेलफेयर ट्रष्टका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर