animated ellipse animated ellipse

विराटनगरको सडकमा ‘जेब्राक्रस’ अभियान सुरू

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ भाद्र २०७८, शनिबार १२:२७
1.04k
Shares
विराटनग/ विराटनगर महानगरपालिका भित्रको चौकहरूमा ‘जेब्राक्रस’ गरिने अभियानको सुरूवात भएको छ ।

सामाजिक युवा अभियान्त राहुल भट्टराइको नेतृत्वमा विराटनगर भित्रको सडकका मुख्य चौक अगाडीको पिच सडकहरूमा जेब्राक्रस राख्ने अभियान आजदेखि सुरू गरिएको हो ।

केएनपी जापान प्रालिको सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सहकार्यमा विराटनगर महानगरपालिका भित्रको तीन दर्जन भन्दा बढी स्थानमा जेब्राक्रस बनाउने अभियान सुरू भएको सामाजिक युवा अभियान्त भट्टराईले जानकारी दिए । ‘अहिले विराटनगरका मुख्य चौकको सडकहरूमा जेब्राक्रस छैन । गरिएको जेब्राक्रसको रंग पनि उडेर गएको छ,’ अभियान्त भट्टराईले भने, ‘पैदलयात्रीलाई सडकको बाटो काट्दा सहजता प्रदान होस भन्ने उद्देश्यले अहिले विराटनगरको ३० भन्दा बढी स्थानमा जेब्राक्रस राख्ने हाम्रो लक्ष्य छ ।’

विराटनगर भित्रको सडकमा जेब्राक्रस राख्ने अभियानको सुरूवात प्रराम्भ भएको छ । आज विराटनगर – ९ ट्राफिक चौकको सडकमा जेब्राक्रस गरेर यो अभियानको सुरूवात गरिएको उनले बताए । ट्राफिक चौकपछि विराटनगरको जलजलाचौक, गोल्छाचौक, डिएसपी रोडलगायतको विभिन्न सडकहरूमा जेब्राक्रस राखिने उनले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले सवारी दुर्घटना रोक्न मुख्य सडकमा जेब्राक्रस राख्नुपर्ने बताए । ‘अहिले सवारी साधनको चाप बढेर गएको छ । त्यही भएपनि मुख्य सडकहरूमा जेब्राक्रस राख्नुपर्दछ । जसले गर्दा पैदलयात्रीलाई आवगमनमा सहजता हुनेछ,’ ट्राफिक प्रहरी निरीक्षक खड्काले भने । केएनपी जापन झापाको डिपो व्यवस्थापक कौशल चौधरीले ट्राफिक प्रहरी र सामाजिक अभियान्त राहुल भट्टराइको समन्वय र सहकार्यमा विराटनगर महानगरपालिका भित्रको सडकमा जेब्राक्रस राख्ने अभियान सुरु गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर