AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराट मोडेल कलेजले एकै पटक गर्यो कलेजमा अभिमुखिकरण र स्वागत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० मंसिर २०७९, शनिबार १७:१२
1.12k
Shares
विराटनगर / विराटनगर–९ मा रहेको विराट मोडेल कलेजले भर्ना भएका नयाँ विद्यर्थाीहरुलाई एक दिने अभिमुखिकरण तालिमका साथै स्वागत गरेको छ ।

कलेजले आज एक कार्यक्रम आयोजना गरि विद्यर्थाीहरुलाई अभिमुखिकरण तालिम तथा स्वागत एकै पटक गरेकोे हो । कलेजमा विविएस र विएडमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृष्ट नजिता ल्याएर उत्कृट हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा पनि अभिमुखिकरण जानकारी दिएको कलेजका अध्यक्ष भवानी शंकर भट्टराईले जानकारी दिए ।

कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरुले गीत, नृत्य प्रस्तुत गरि थम मनोरञ्जन दिलाएका थिए ।

विविएस र विएड मात्र पढाइ हुँदै आएको कलेजमा नयाँ शैक्षिक सत्रमा १ सय ७८ जना विद्यार्थीहरु भर्ना भएका छन् ।

यस कार्यक्रमले नयाँ भर्ना प्रक्रिया थप उत्साह प्रदान गरेको सञ्चालन रोशन राजवंशीले बताए । कार्यक्रममा त्रिविका क्षेत्रिय परिक्षा नियन्त्रक डिल्ली प्रसाई, क्याम्पस प्रमुख सागर श्रेष्ठ, जनपथ माविका प्रअ हरि पराजुली, कलेजका निर्देशक जनक अधिकारी, देवीलाल महतो र रमेश पाण्डेले कलेजको बारेमा विद्यार्थीहरुलाई जानकारी गराए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर