animated ellipse animated ellipse

मोरङ रेडक्रसद्वारा ३० लाख मूल्यका दुई थान रवर वोटसहित उद्धार सामाग्री हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ श्रावण २०८१, सोमबार १८:३९
54
Shares
विराटनगर /  नेपाल रेडक्रस सोसाइटी मोरङले विपदका समयमा नागरिकको उद्धारका लागि आज मोरङको जहदा गाउँपालिक र सशस्त्र प्रहरी बल नेपाल ३ नं हेड क्वाटर वुढीगंगालाई दुई थान रवर वोट लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।
मोरङको कटहरी गाउँपालिकास्थित गोपाल फन पार्कमा  आज आयोजित एक समारोह बीच रेडक्रसका मोरङ अध्यक्ष सुवोधकुमार सिंहले जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह र  सशस्त्र प्रहरी बलका  नायव प्रहरी उपरीक्षक  बीरेन्द्र खनाललाई  ३० लाख मूल्यका १२ प्रकारका उद्धार सामाग्री हस्तान्तरण गरे ।
मोरङको केरावारी गाउँपालिकादेखि जहदा गाउँपालिकाकासम्मका आठ पालिकाका नागरिकहरुलाई वढीको समयमा उद्धारका लागि उक्त सामाग्री उपयोगी हुने बताइएको छ । जहदा गाउँपालिकाका प्रमुख साहले पालिकाको १,२ र ७ वडामा लोहन्द्रा, सिंघिया र भारतको नदीबाट वाढी आउने हुनाले जनधनको उद्धारमा सामाग्री उपयोगी हुने विचार राखे ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह, रेडक्रस सोसाइटीका मोरङ अध्यक्ष सिंह र संजय  कामतले विपदको समयमा नागरिकको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने धारणा राखे । सोही अवसरमा पालिकाका कर्मचारीहरुलाई रवर वोट सञ्चालन सम्बन्धी  तालीम तथा अभ्यास गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर