खबर पूर्वाञ्चल
मन्त्री साम्सोहाङले कोभिड अस्पतालमा उपचाररत विरामीको अवस्था, आईसीयु, एडियू वेडलगायतका बारेमा अस्पतालका संयोजक वैद्यनाथ साह, चिकित्सक, स्वाथ्यकर्मीसँग जानकारी लिएका छन् । उनले कोरोना संक्रमितको उपचार प्रभावकारी र कुनै गुनासो नआउने गरि गर्न निर्देशन समेत दिए ।
कोभिड संयोजक साहले अस्पतालमा अहिले बेडको अभाव नभएको मन्त्री समक्ष जानकारी गराए । मन्त्री साम्सोहाङले कोभिड अस्पतालको प्रशासनिक कार्य उपचार केन्द्रको खाली भवनबाट गर्नेगरि व्यवस्थापन मिलाउन निर्देशन दिए । उनले भने,‘ टेन्टबाट भन्दा खाली भवन मर्मत गरेर सञ्चालन गर्नुहोस् ।’
प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल आईसीयु, एसडीयू, भेन्टिलेटरसहित गरि ९६ वेडको रहेको छ ।