AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रथम टि–२० मेयर कप क्रिकेट मंगलबारदेखि विराटनगरमा शुरु हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ चैत्र २०७८, सोमबार १७:२८
261
Shares
विराटनगर / विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट एकाडेमीको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु हुने भएको छ ।

विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको शुरु हुने प्रतियोगितामा प्रदेश १ का ओजक विराठनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेश प्रदेशको विरगञ्ज उपहानगरपालिका, जनकपुरधाम उपामहानगरपालिका र राजविराज नगरकालिका सहभागि हुने मोरङ क्रिकेटका प्रशिक्षक महेश रिजालले बताए ।

छ टिमलाई दुई समुहमा विभाजन गरेर लिग कम नकआउटको आधारमा खेलाई प्रतियोगितामा टप दुईमा पर्ने टिम सेमिफाइनलमा पुग्ने प्रशिक्षक रिजालले जानकारी दिए ।

चेत्र २६ गतेसम्म हुने प्रतियोगिता सम्पन्न गर्न करिव १३ लाख खर्च हुने आयोजकले जनाएको छ । मंगलबार उद्घाटनमा आयोजक विराटनगर र मेची र दोस्रो खेल विरगञ्ज र राजविराजविच खेल हुने आजोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर