खबर पूर्वाञ्चल
पर्यटन व्यवसायी तथा समाजसेवीसमेत रहेका संघका अध्यक्ष घमालकी ममतामयी माता आइतकुमारी घमालको ८३ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि दीर्घरोगबाट पीडित घमालको आफ्नै निवास पोखरामा निधन भएको हो ।
दिलकुमारसहित घमालका ३ छोरा र ५ छोरी रहेका छन् । दुई दशकभन्दा लामो समयदेखि संघका अध्यक्ष घमाल अष्ट्रियाको इन्स्ब्रुकमा पर्यटन व्यवसाय गर्दै आएका छन् ।