दाङका वाईसीएल नेता बस्नेतको घरमा गएर श्रीमती र छोरीमाथि हातपात गरेकी राज्यमन्त्री वलीको पद चैट

खबर पूर्वाञ्चल, १५ असार २०७९, बुधबार १३:२४
711
Shares
फाइल तस्वीर

बुटवल / दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीमाथि हातपात गरेकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छिन् ।

वलीले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक तुलाराम घर्तीले जानकारी दिए ।

गएको जेठ ३१ गते नेता बस्नेतको घरमा गएर वलीले उनकी श्रीमती र छोरीलाई हातपात गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति गठन गरेको थियो । छानबिन समितिलाई सघाउन उनले राजीनामा दिएको लुम्बिनी सरकारका प्रवक्ता एवं छानबिन समितिका संयोजक मन्त्री तिलकराम शर्मालाई उदृत गर्दै घर्तीले जनाए ।

श्रीमान उत्तरकुमार वलीको सडक दुर्घटनामा परी मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ ‘ख’मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५