animated ellipse animated ellipse

मनमोहन प्राविधिक विश्वविद्यालयको चेक चोरी गर्ने दुईजना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ मंसिर २०८१, बिहीबार १९:१४
315
Shares
विराटनगर / मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकबाट चेक चोरी गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पूर्व विद्यार्थीसमेत छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार सप्तरीको राजविराज नगरपालिका–६ का २३ वर्षीय टंकप्रसाद यादव र १८ वर्षीय सुमितसागर यादवलाई पक्राउ गरिएको हो । टंकप्रसाद पूर्व विद्यार्थी हुन् ।

पक्राउ परेका दुवै जनाविरुद्ध चोरी मुद्दा चलाउन आज अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर